४ माघ, काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे पहिलाे खेलमै पराजित भएकाे छ । समूह बी अन्तर्गत आइतबार भएकाे खेलमा नेपाल पुलिस क्लब बागमती प्रदेशसँग ७ विकेटले पराजित भएकाे हाे ।
बागमतिका नन्दन यादव र तिलक राज भण्डारीले ४-४ विकेट कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे पुलिस बागमती १११ रनमै अलआउट भएकाे थियाे ।
११२ रनकाे लक्ष्य पछ्याउँदै ब्याटिङ गरेकाे बागमतीले ३४.४ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेकाे हाे ।
बागमतीका लागि पृथु बास्काेटाले अविजित रहँदै सर्वाधिक ४८ रन बनाए । उनले ६६ बल खेल्दै ५ चाैका र ३ छक्का प्रहार गरे ।
यस्तै पारस खड्काले १७ रन जाेडे । आदिल खानले १२ रन बनाए । आकाश थापा १ रन बनाएर रनआउट भए । ईशान पाण्डे १७ रनमा अविजित रहे ।
बलिङमा नेपाल पुलिसका दिपेन्द्र सिंह ऐरी, ललित राजवंशीले समान १ विकेट लिए ।
त्यसअघि बागमतिका नन्दन यादव र तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गरेपछि पुलिस २९.३ ओभर मात्र क्रिजमा टिक्याे ।
पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१ रन बनाए । यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन जाेडे । बाँकी खेलाडीले दाहाेराे अंकमा रन छुन सकेनन् ।
पुलिसलाई अलआउट गर्न बागमतिका नन्दन यादव र तिलकराज भण्डारीले ४-४ विकेट लिए । तिलकले ७.३ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चेर ४ विकेट लिए । नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट लिए । यस्तै रामनरेश गिरीले २ विकेट लिए ।
प्रतिक्रिया 4