+

पहिलो खेलमै म्यान अफ दि म्याच बनेका तिलक भन्छन्- सिनियर खेलाडी हुँदा आत्मविश्वास बढ्यो

२०७७ माघ  ४ गते १८:२८ २०७७ माघ ४ गते १८:२८
पहिलो खेलमै म्यान अफ दि म्याच बनेका तिलक भन्छन्- सिनियर खेलाडी हुँदा आत्मविश्वास बढ्यो

४ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय प्रतियोगिताको पहिलो खेलमै साविक विजेता नेपाल पुलिसलाई बागमतीले पराजित गर्दा दुई युवा बलर नन्दन यादव र तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गरे ।

यी दुईले ४/४ विकेट लिएपछि पुलिसलाई १११ रनमै अलआउट गरेको बागमतीले ३३.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै साविक विजेतालाई स्तब्ध बनायो । बागमतीका लागि पृथु बास्कोटाले अविजित ४८ रन बनाए ।

बागमतीको जितमा महत्वपूर्ण प्रदर्शन गरेका नन्दन र तिलकले समान ४ विकेट लिए । राम्रो इकोनोभी भएकोले युवा लेगस्पिनर तिलकले म्यान अफ दि म्याच अवार्ड पाए । राष्ट्रिय टिमका वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्का समावेश रहेको टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दि म्याच चुनिनु चानचुने कुरो होइन ।

तिलकले बलियो ब्याटिङलाइनअफ भएको पुलिस विरुद्ध ७.३ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै १७ रन मात्र खर्चेर ४ विकेट लिए ।

म्यान अफ दि म्याच वापत नगद २५०० को चेक र ट्रफी प्राप्त गरेपछि तिलकले सुरुमा नर्भस भएपनि सिनियर खेलाडीहरु हौसला प्रदान गरेकोले आत्मविश्वास बढेको बताए । ‘सुरुमा केही नर्भस भएको थिएँ । ज्ञानु दाई र पारस दाईले बुस्ट अफ ग्नुभयो । सुरुको ओभर ठिकठिकै भएको थियो । दोस्रो ओभरपछि रिदम आयो र रिदममै बलिङ गर्दा राम्रो भयो ।’ खेलपछि तिलकले सञ्चारकर्मीसँग भने ।

तिलकले पिच पनि सहयोगी भएको बताए । ‘पिच सहयोग थियो । एउटा एण्डबाट सहयोग भयो । बल टर्न भइराथ्यो । स्पटमा बल राख्ने हो भने ब्याट्सम्यानलाई गाह्रो थियो ।’

पहिलो पटक प्रधानमन्त्री कपमा खेलिरहेका तिलकले पुलिस जसतो टिम विरुद्ध बलिङ गर्नुअघि केही दबाद रहेको बताए । ‘बलिङ गर्नुअघि दबाव थियो । तर पहिलो बल फालेपछि त्यो दबाव रिलिज भयो । अनि कन्फिडेन्ट आयो अब बल फाल्न सकिन्छ राम्रो गर्न सकिन्छ भनेर ।’

तिलकले पारस ज्ञानेन्द्र टिममा हुँदा धेरै सहयोग भएको पनि बताए । ‘उहाँहरुले सुरु सुरुमा प्रेसर हुन्छ खेलमा इन्जोय गर्दै जानुपर्छ भन्नुभयो । त्यही अनुसार अनी मैले नि इन्जोय गर्दै गएँ,’ उनले भने ।

तिकले २२औं ओभरको अन्तिम बलमा पुलिसका आरिफ शेखलाई एलबीडल्बु गर्दै पहिलो विकेट लिएका थिए । त्यसपछि उनले अनिल शाहलाई २४औं ओभरमा पारस खड्काबाट क्याचआउट गराए भने २८औं ओभरमा पवन सर्राफलाई दिपेश श्रेष्ठको हातबाट क्याचआउट गराए । ३०औं ओभरको तेस्रो बलमा ललित राजवंशीलाई रामनरेश गिरीको हातबाट क्याचआउट गराउ तिलकले पुलिसको इनिङ्स टुङ्गाएका थिए ।

१६औं ओभरमा बलिङ सुरु गरेका तिलकले आफ्नो स्पेलको चौथो ओभरमा पुगेर विकेट लिए । उनले भने, ‘पहिलो विकेट लिँदा राम्रै अनुभव भयो । विकेट आउँछ आउँछ जस्तो भइरहेको थियो । प्रेसर बनिरहेको थियो र विकेट पनि आयो ।’

सिनियर खेलाडीहरु पारस र ज्ञानेन्द्रले खेलको बेला आत्मविश्वास बनाउने पनि उनले बताए । कन्फिडेन्ट दिनुहुन्छ । नराम्रो बल फाल्दा पनि केही छैन राम्रो हादै जान्छ राम्रो गर भनेर आत्मविश्वास बन्न सहयोग गर्नुहुन्छ,’ तिलकले भने, ‘दाईहरुले कन्पिडेन्ट बनाउनुभाछ भने अब आफूले पनि राम्रो गर्नुपर्छ भनेर भित्रैदेखि आउँछ ।’

यस्तै बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले पनि तिलकको प्रशंसा गरे । ‘राम्रो खेलाडी भएकोले नै टिममा परेको हो,’ उनले भने, ‘जसरी उसले आज बलिङ गर्‍यो त्यसले गर्दा टिमलाई पनि सहयोग पुगेको थियो ।’

तिलकराज भण्डारी पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय