+
+

एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते ११:३८

६ माघ, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सर्फमेसन योजनाअनुरुप  आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । यो च्याट सेवाको डिजिटल प्लेटर्फम मार्फत ग्राहकले एनसेलको सेवातथा सुविधाहरुकाबारेमा जानकारी सजिलै लिन सक्छन् ।

च्याटबोट सेवा ‘माया’एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ । यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्धछ जसअन्तर्गत एनसेलकाग्राहकले च्याटबोट मार्फत एनसेलको सेवालिन, आफ्ना प्रश्नवागुनासोहरु राख्न सक्छन् ।

च्याटबोट सेवा ‘माया’ माघ ४ गते देखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा उपलब्धभएका छन् । यस प्लेटर्फम मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याकखरिद गर्न, भिसातथा मास्टर कार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिन तथा कुनै गुनासो भए राख्न सक्छन् ।

एक दूरसञ्चार सेवाप्रदायकको रुपमा आफ्ना ग्राहकलाई नवीन सेवा सुविधाहरु प्रदानगर्दै ग्राहकअनुभवलाई अभिवृद्धि गर्न एनसेल सदैव तत्पर छ । यस नवीन डिजिटल सेवाले ग्राहक सेवालाई थप परिस्कृत गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

ग्राहकअनुभवलाई अभिवद्घि गर्न एनसेल प्रतिवद्घ रहेको छ । यसै प्रतिवद्घता अनुरुप कम्पनीले ग्राहकलाई सामाजिक सञ्जाजहरु मार्फत पनिग्राहक सेवा प्रदान गर्दै आएको छ ।

आफ्नो नयाँअभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत एनसेलले आगामी दिनमा ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै थप नयाँ तथा नविन सेवाहरु ल्याउँदै जानेछ ।

च्याटबोट सेवा ‘माया’ निम्न उल्लेखित प्लेटर्फमहरुमा उपलब्ध छ ।

एनसेलको वेबसाइट

https://www.ncell.axiata.com/

फेसबुक मेसेन्जर

https://m.me/ncell

भाइबर

http://bit.ly/FollowNcellViber

ह्वाट्सएप
https://wa.me/9779802229005

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?