६ माघ, काठमाडौं । सन्दिप रजाली र साैरभ खनालकाे अर्धशतक मद्दतमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगितामा प्रदेश २ लाई २५८ रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे लुम्बिनीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २५७ रन बनाएकाे थियाे ।
लुम्बिनीका लागि सन्दिप रजालीले ८३ रन बनाए । यस्तै साैरभ खनालले ५६ र विक्रम भुसालले ३६ रन जाेडे ।
बलिङमा प्रदेश २ का हरिशंकर शाहले ३ र दिव्याँशु मल्लिकले २ विकेट लिए ।
यस्तै मुलपानीमा भइरहेकाे खेलमा गण्डकीले कर्णाली प्रदेशलाई २०५ रनकाे लक्ष्य दिएकाे छ ।
प्रतिक्रिया 4