+
फिफा विश्वकप २०२६ :

इन्फ्लुएन्सर आइशोस्पीडसँग अर्जेन्टिनी समर्थकको विवाद, फिफाद्वारा रङ्गभेदको अनुसन्धान सुरु

२०८३ असार  २४ गते ११:१४ २०८३ असार २४ गते ११:१४

२४ असार, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकी सोसल मिडिया इन्फ्लुएन्सर आइशोस्पीड र एक जना समर्थकबीच भएको भनिएको रङ्गभेदी दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु गरेको छ ।

शुक्रबार अर्जेन्टिनाले केप भर्डमाथि ३-२ को जित निकालेको खेलका दौरान उक्त घटना भएको बताइएको छ । फिफाले मियामीको हार्ड रक स्टेडियममा जुलाई ३ मा भएको अन्तिम ३२ को खेलका दौरान उक्त घटना घटेको कुराबारे आफू अवगत रहेको र तत्कालै अनुसन्धान सुरु गरेको जनाएको छ ।

युट्युबमा ५ करोड ७० लाख सब्सक्राइबर र टिकटकमा ५ करोड ३० लाख फलोअर्स रहेका आइशोस्पीडले यस प्रतियोगिताका दौरान खेलहरूको लाइभ स्ट्रिम गर्दै आएका छन् । उनका केही स्ट्रिमहरूमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो तथा बार्सिलोना र एसी मिलानका पूर्वफरवार्ड ज्लाटान इब्राहिमोविचसमेत देखा परेका छन् ।

आफ्नो युट्युब च्यानलको भिडियो फुटेजमा केप भर्डको जर्सी लगाएका २१ वर्षीय स्पीड प्यारापिटमा एक जना अर्जेन्टिनाका प्रशंसकसँग विवादमा परेको देख्न सकिन्छ ।

यस विषयमा फिफाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘फिफा विश्वकप एकता, विविधता र सम्मानको उत्सव हो। यसले विश्वभरका मानिस, संस्कृति र समुदायहरूलाई एक ठाउँमा ल्याउँछ। जसले यी मूल्यमान्यताहरूलाई कमजोर पार्ने गरी काम गर्छ, उसलाई हाम्रो खेलमा स्वागत छैन ।’

आइशोस्पीडमाथि भएको भनिएको यो दुर्व्यवहारको घटना, फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले एक पराग्वेली सिनेटरलाई उनको उत्पत्ति र शिक्षाको खिल्ली उडाउँदै रङ्गभेदी टिप्पणी गरेपछि ‘घृणित र आफ्नो पदका लागि अयोग्य’ भनी टिप्पणी गरेको केही दिनपछि सार्वजनिक भएको हो ।

पराग्वेको लिबरल र्‍याडिकल पार्टीकी सेलेस्टे अमरिलाले विश्वकपको अन्तिम १६ मा आफ्नो देश फ्रान्ससँग पराजित भएपछि एक्समा आफ्ना टिप्पणीहरू पोस्ट गरेकी थिइन् ।

बीबीसीका अनुसार, फ्रान्सेली फुटबल महासङ्घले अमरिलाको टिप्पणीलाई ‘पूर्ण रूपमा घृणास्पद र अक्षम्य’ भन्दै आपराधिक मुद्दा दायर गर्ने योजना घोषणा गरेको छ ।

आइशोस्पीड फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय