+

नेपाली पुरुष फुटबल टिमका प्रशिक्षक एरेना पदमुक्त

२०८३ असार  २४ गते ११:०४ २०८३ असार २४ गते ११:०४

२४ असार, काठमाडौं । नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् ।

नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको अवस्थामा दुवै पक्षको सहमतिमा पदमुक्त गरिएको निलम्बित एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

‘अब अहिले नेपाली फुटबल पनि निलम्बनको अवस्थामा भएपछि दुवैको सहमतिमा हाल उहाँलाई रिलिज गर्ने निर्णय भएको हो, अब निलम्बन फुकुवा भएपछि नयाँ प्रशिक्षक चयनको प्रक्रिया सुरु हुन्छ’ प्रवक्ता शाहले अनलाइनखबरसँग भने ।

एन्फाले गत फागुन २८ मा इटालीका एरेनालाई आधिकारिक रुपमा मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

फिफाले गत ११ असारमा एन्फालाई निलम्बन गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) गुग्लिएल्मो एरेना नेपाली पुरुष फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय