७ माघ, काठमाडौं । नेपाली नम्बर वान टेनिस खेलाडी प्रेरणा कोइराला केन्यामा भइरहेको जे फोर आईटीएफ टेनिस प्रतियोगिताको दोस्रो चरणमा पराजित भएकी छिन् ।
पहिलो चरणको खेलमा जित हात पारेकी प्रेरणा मंगलबार भएको दोस्रो चरणको खेलम भने ग्रेट ब्रिटेनकी खेलाडीसँग पराजित भइन् ।
प्रतियोगितामा छैटौं वरीयता प्राप्त इमोडेन हाडाडले प्रेरणालाई ६-१, ६-४ ले पराजित गरिन् । प्रेरणाले भने प्रतियोगितामा दशदँ वरीयता प्राप्त गरेकी थिइन् ।
पहिलो चरणमा प्रेरणाले मोजाम्बिककी निकोले माटुकुतिरेलाई ६-१, ६-१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेकी हुन् ।
यस्तै नेपालकी अर्की खेलाडी सलोनी तामाङ भने पहिलो चरणमै फ्रान्सेली खेलाडी क्यारा बेलहाड्जसँग ७-६, ६-३ ले पराजित भइन् । सलोनीले १९औं र क्याराले नवौं वरीयता प्राप्त गरेकी थिइन् ।
प्रतिक्रिया 4