Comments Add Comment

प्रदर्शकसँग सलमानको वाचा–‘राधे’ इदमा हलमै रिलिज हुन्छ’

नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ डिजिटल प्लेटफर्मबाट रिलिज हुने हल्ला चलिरहेको थियो । कोरोना कारण निकै ठूलो आर्थिक समस्याबाट जुधिरहेका प्रदर्शकहरुले नायक खानसँग यो चलचित्रलाई हलमा रिलिज गर्न आग्रह गरेका थिए । कोरोना महामारीपछि उत्पन्न भएको परिस्थितीलाई केही हदसम्म भएपनि हल गर्न ‘राधे’को भूमिका रहने उनीहरुको तर्क थियो ।

सलमानले यो चलचित्रको अधिकार जी कम्पनीलाई वेचिसकेका छन् । यसैले पनि चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुने भय प्रदर्शकलाई थियो ।

तर, अब भने नायक सलमान खानले चलचित्रलाई हलमै रिलिज गर्ने प्रतिवद्धता जनाएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–‘हल संचालकहरुलाई जवाफ दिन केही समय लागेकोमा म क्षमा चाहन्छु । यो समयमा हामीले एउटा ठूलो फैसला गरेका छौ । आर्थिक समस्याबाट जुधिरहेका प्रदर्शक तथा वितरकको समस्या मैले वुझेको छु । राधे हेर्न आउने दर्शकहरुका लागि प्रदर्शकले सावधानी अपनाउनेछन् भन्ने अपेक्षा गरेको छु । मेरो प्रतिवद्धता इदको हो र यो इद सन् २०२१ को हो । यो बर्ष चलचित्र भवनमा राधेको आनन्द लिनुहोस् ।’

प्रभु देवाले निर्देशन गरेको यो चलचित्रमा सलमानको साथमा दिशा पटानीको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment