+

रियल मड्रिड कोपा डेल रेबाट बाहिरियो

२०७७ माघ  ८ गते ८:०३ २०७७ माघ ८ गते ८:०३

८ माघ, काठमाडौं । स्पानिस जायन्ट क्लब रियल मड्रिड तेस्रो डिभिजनको अल्कोयानासँग पराजित हुँदै स्पानिस कोपा डेल रेबाट बाहिरिएको छ ।

गएराति भएको खेलमा अतिरिक्त समयमा अल्कोयानासँग २-१ ले स्तब्ध बनेको रियल अन्तिम ३२ बाटै बाहिरिएको हो ।

१० खेलाडीमा समेटिए पनि ११५औं मिनेटमा जुनानले अल्कोयानाका लागि निर्णायक गोल गरेका थिए ।

त्यसअघि एडर मिलिटाओले ४५औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर ८०औं मिनेटमा जोस सोलबासले अल्कोयानाका लागि बराबरी गोल गरे ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयमा थप गरिएको थियो । १०९ औं मिनेटमा मोन लोपेज रातो कार्ड पाउँदै मैदान बाहिरिँदा अल्कोयाना १० खेलाडीमा समेटियो । तर त्यसले कुनै असर गरेन र ११५औं मिनेटमा जुनानले गोल गर्दै अल्कोयानालाई जित दिलाए ।

रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय