९ माघ, काठमाडौं । कप्तान सिद्धान्त लोहनीको अर्धशतक मद्दतमा प्रदेश १ ले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशला२ २१६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २१५ रन बनाएको हो ।
प्रदेश १ का लागि कप्तान लोहनीले सर्वाधिक ६६ र बनाए । उनले ९७ बल खेल्दै ९ चौका प्रहार गरे । यस्तै सुभांकर उराउले ३६ र मिनास थापाले २५ रन जोडे ।
श्रवन यादव र फिर्दोस अन्सारीले समान १७ र राजन मगरले १० रन बनाए ।
बलिङमा कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३ तथा दिनेश अधिकारी र अनुज चुनाराले समान २ विकेट लिए ।
प्रतिक्रिया 4