+
+
Shares

रुपन्देही अदालतका दुई कर्मचारी घुस लिएको आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ९ गते १९:०३

९ माघ, काठमाडौं । जिल्ला अदालत रुपन्देहीका दुईजना कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले अदालतका कर्मचारी सुमित चौलागाई र मनोज थापालाई नियन्त्रणमा लिएको हो ।

रुपन्देही जिल्ला अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी सर्वेक्षकद्वय चौलागाई र थापाले सेवाग्राहीसँग उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

रुपन्देही कोटहीमाई गाउँपालिका-१ बोगडियाबाट नियन्त्रणमा लिएका दुवैजनामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?