११ माघ, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । व्यापार र म्युचुअल फण्डबाहेकका सबै समूहहरु बढेर हरियाली छाएका छन् । कारोबार शुरु भएदेखि नै उकालो लाग्न सुरु गरेको सेयर कारोबार मापक नेप्से परिसूचक एक घण्टामा नै ४८ अंकले माथि लागेको छ ।
अझ रोचक त पहिलो घण्टामा नै ५ कम्पनीहरुको सेयर मूल्य सर्किट ब्रेक नजिक पुगेर कारोबार भइरहेको छ । सबैभन्दा धेरै गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेको छ । दोस्रोमा गुराँस लघुवित्त वित्तीय संस्था र तेस्रोमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर मूल्य बढेको छ ।
प्रभु लाइफ इन्स्यारेन्स र गोर्खा फाइनान्सको पनि सेयर मूल्य सर्किट हाराहारीमा काराेबार भएकाे छ । (१२ बजेसम्मकाे अपडेट)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4