Comments Add Comment

स्टेज चढेको सपना देख्दा खाटबाटै लडेँः खुमन अधिकारी

खुमन अधिकारी लोकदोहोरी क्षेत्रमा चलेका गायक हुन् । ८ हजार बढी गीत गाएका खुमनका ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘बिन्ती मेरो कोटी कोटीमा’, ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘एउटै डोरी पासो लगाम भो’, ‘सिलाइ दिउला भोटो’, ‘कपाल कोर्ने काइँयो’, ‘स्याङ्जालीलाई नभन जाली’, लगायतका थुप्रै गीत चर्चित छन् । उनै खुमनसँग गरिएको कुराकानी यसप्रकार छः

पछिल्ला दिनहरु कसरी कटिरहेका छन् ?

स्टेज कार्यक्रमहरु अहिलेसम्म ठप्पजस्तो नै छ । यसैले, स्टेजमा व्यस्त हुने कुरा त भएन । पछिल्लो केही समयदेखि म गीत रेकडिङ्गमा नै व्यस्तु छ । मेरा नयाँ ४ वटा गीत रिलिजका क्रममा छन् । लकडाउनपछि काठमाण्डौमा नै २ वटा स्टेज कार्यक्रम गरेँ । अब, केही दिनमै बुटवलमा आयोजना हुने अर्को एक स्टेज कार्यक्रममा जाँदैछु ।

लामो समयपछि स्टेज चढ्दाको अनुभव कस्तो रह्यो ? दर्शक–स्रोताहरु कत्तिको उत्साहित पाउनुभयो ?

लामो समयपछि स्टेज चढ्न पाएकाले पनि होला म आफै पनि उत्साहित थिएँ । दर्शकमा पनि मैले उत्साह देखेँ । मैले चैत्रदेखि स्टेज चढेर माइक समातेर गाउन पाएको पहिलो पटक हो भनेर सो कार्यक्रममा भनेको पनि थिएँ । स्टेज चढ्ने आशामा धेरै महिना वित्यो, अब भने आशा पलाएको छ ।

गतबर्ष तपाईहरु यो समयमा निकै नै व्यस्त हुनुहुन्थ्यो ? यो बर्ष खाली बस्नुपर्दा गाह्रो त भएको होला नी है ?

एकदमै गाह्रो भैरहेको छ नी । केही महिना अघि त स्टेज कहिले चढ्ने होला भनेर धेरै सोचियो पनि । धेरै सोचेर पनि होला, सपनामा पनि स्टेज चढेर गाउँदै गरेको देख्थेँ । एकपटक स्टेजमा गीत गाएको सपना देख्दा खाटबाट भुँइमा नै खसेको पनि छु ।

गीत गाईरहनुपर्ने, विभिन्न स्थानका मेला–महोत्सवमा हिडिरहनुपर्ने भएकोले यस्तो समय एकदमै गाह्रो हुँदोरहेछ । पछि आफैले आफैलाई सम्हाल्दै अगाडी बढेँ । म एक्लै पनि आनन्द लिने मान्छे हुँ । घरमा पनि आफन्तहरुसँग बसेर मज्जाले गफगाफ गर्ने, नेटमा जोडिने, फेसबुक इन्स्टाग्राम, टिकटक चलाएर समय बिताएँ ।

स्टेजमा आश्रित तपाइहरु जस्ता कलाकारहरुका लागि स्टेज कार्यक्रम नहुँदा कस्तो समस्या हुँदोरहेछ ?

केही समय त रमाइलो पनि लाग्यो । आफ्नो अत्यन्तै व्यस्त जिन्दगीबाट फुर्सद पाइएको थियो । परिवारलाई समय दिने मौका पनि मिलेको थियो ।

तर, लकडाउन लम्बिदै जाँदा चिन्ता लाग्न थाल्यो । कमाई शुन्य हुँदा खर्च धान्न नै समस्या हुने अवस्था भयो । पहिले नै केही रकम बचत गरेकाले ठूलो समस्या भोग्न भने परेन ।धन्न पहिले केही बचत गरेको थिए, अहिले सहज भयो । अहिलेसम्म बचतबाटै चलिरहेको छ । फाट्टफुट्ट कार्यक्रम हुन थालेपछि झिनो आशा जगाएको छ ।

बिहान कतिबेला उठनुहुन्छ ?

म एकदमै अल्छी छु । उठ्दा ८ बज्छ । काम परेको खण्डमा भने ‘अलाराम’ लगाएर चाँडो उठ्छु । कहिलेकाही राती सुत्न अबेर भयो भने बिहान उठ्दा ९ पनि बज्छ ।

दिनमा कति खर्च गर्नुहुन्छ ?

सामान्यतया तीन–चार हजार रुपैयाँ खर्च भइरहेको हुन्छ । साथीहरुसँग सामान्य रेष्टुरेण्टमा गएर चिया–कफी खाँदा पनि १ हजार बढी खर्च हुन्छ । म ट्याक्सी चढ्छु । त्यसमै बढी खर्च भैरहेको हुन्छ ।

सवारीसाधन लिने सोच आयो कि आएन ?

केही वर्ष पहिले मोटरसाइकल लिने भनेर ट्रायल पनि पास गरेँ । लाइसेन्स पनि निकालेँ । मोटरसाइकल किन्न ठिक्क परेको अवस्थामा गायिका मञ्जु महतको स्टुकर दुर्घटनामा मृत्यु भयो । त्यसपछि म मोटरसाइकल चढ्न डराएँ । अहिले पनि म मोटरसाइकलमा कसैको पछाडि बसेर हिड्दा निकै डर लाग्छ । किनभने आफूलाई पनि चलाउने आउने भएपछि ध्यान जाँदोरहेछ ।

कार नै चढ्नुपर्छ अब भन्ने पनि लागेको हो । तर, कोभिडले कार चढ्नबाट मलाई रोक्यो । म कारको निकै सौखिन मान्छे पनि हुँ । त्यसका लागि मैले ड्राइभिङ पनि सिकेँ । अब केही वर्षपछि कार चढ्छु ।

गीत संगीतबाहेक के कुरामा रमाउनुहुन्छ ?

पहिलो त म सामाजिक सञ्जालमा रमाउन चाहन्छु । दोस्रो, म घुम्न रुचाउँछु । फुर्सद हुँदा र साथीहरुको टिम मिल्यो भने घुम्न जाने बानी छ । खानामा पनि म एकदमै सौखिन छु । कुनै रेष्टुरेण्टमा गए भने त्यहाँको स्पेशल खानेकुरा के छ त्यो मागिहाल्छु । कुनै नयाँ ठाउँमा गएँ भने त्यहाँको स्पेशल के छ त्यो खान्छु । नयाँ–नयाँ साथीहरु बनाउनमा पनि रमाउँछु । म सँग धेरै साथीहरु जोडिउन भन्ने लाग्छ । खुमनलाई चिन्नेलाई खुमनले पनि चिन्न पाए हुन्थ्यो भन्ने लाग्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment