+
+
Shares

‘नेपाल स्टार’ बिजेता एलिना भन्छिन्–‘माया गरेर भोट गर्नेहरुलाई निराश बनाउँदिन’

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते १४:४८

नेपाल टेलिभिजनबाट प्रशारण भएको गायन रियालिटी शो ‘नेपाल स्टार’की विजेता एलिना गुरुङले आफूलाई माया गरेर भोट गर्नेहरुलाई निराश नबनाउने बताएकी छिन् ।

शनिबार भएको फाइनलमा उनले सुरेश लामा, सन्देश बमजन लामा र लक्ष्मण लिम्बुलाई पछि पार्दै टाइटल जितिन् । योसँगै उनले ३५ लाख नगद, १ करोडको जीवन विमा र विभिन्न गिफ्ट ह्याम्पर जितिन् ।

पोखराका विभिन्न रेष्टुरेन्टमा गीत गाउँदै आएकी २५ बर्षिया एलिनाले ‘नेपाल स्टार’को उपाधि जितेपछि आफूलाई भोट गर्ने सबैलाई धन्यवाद समे दिएकी छिन् । पोखरा महानगरपालिका –१३ विपीमार्गकी एलिनाले सानैदेखि गायनमा रुचि राख्दै आएकी थिइन् । उनले केही गीत रेकर्ड समेत गराइसकेकी छिन् ।

उनले उपाधि जितेसँगै आफूमा थप चुनौती थपिएको समेत बताइन् । अनलाइनखबरसँगको कुराकानीमा एलिनाले भनिन्–‘आफूमा थप चुनौती थपिएको महशुस गरेकी छु । मलाई माया गरेर विजेता बनाउने हुने स्रोता तथा दर्शकलाई निराश बनाउँदिन् ।’

‘प्लस टु’सम्मको अध्ययन पुरा गरेकी एलिनाले पोखरामै रहेर संगीत प्रशिक्षण लिएकी थिइन् । आउँदा दिनमा संगीत प्रशिक्षणलाई निरन्तरता दिदै राम्रा–राम्रा गीतहरु स्रोता तथा दर्शकसामु पस्किदै जाने उनले बताइन् ।

उनले ‘नेपाल स्टार’को यात्रामा आफूले धेरै कुराहरु सिकेको बताइन् । ‘मलाई नेपाल स्टारले धेरै कुराहरु सिकाएको छ । आफूमा धेरै परिवर्तन पाएकी छु’ उनले भनिन् ।

गीतसंगीतको क्षेत्रमा आफूले धेरै काम गर्न बाँकी रहेको बताउँदै आगामी दिनमा पनि माया गदिदिन सबैमा उनले आग्रह गरिन् । भनिन्–‘सांगीतिक क्षेत्रमा केही गर्छु भन्ने अठोट लिएर अगाडि बढेकी छु । जसरी अहिले सबैले माया गरेर भोट गरेर मलाई जिताउनुभयो । आगामी दिनहरुमा पनि सबैको साथ र समर्थनको खाँचो छ ।’

गतवर्ष फागुनदेखि शुरु भएको ‘नेपाल स्टार’को निर्णायकमा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?