Comments Add Comment

नेपालले एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने पक्का

२० माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले यसै वर्ष चीनमा आयोजना हुने एभिसी एसियन वुमन्स भलिबल च्याम्पियनसिप खेल्ने पक्का भएको छ ।

संघका अध्यक्ष मनोरन्जन रमण शर्माले नेपालले चीनमा खेल्ने पक्का भएको अनलाइनखबरलाई जानकारी दिए । ‘नेपालले एसियन च्याम्पियनसिप खेल्ने पक्का भइसकेको छ । प्रतियोगिता अगष्ट २८ देखि सुरु हुनेछ । नेपालको लागि यो खुशीको विषय हो,’ अध्यक्ष शर्माल भने ।

यसअघि संघको बैठकले नेपाली महिला भलिबल टिमलाई एसियन च्याम्पियनसिप खेल्न पठाउने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस २०२१ को एसियन भलिबल च्याम्पियनसिपमा नेपाली टिम पठाउने निर्णय

‘हाम्रो महिला टिमले पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरेका छन् । त्यसैले अर्को वर्ष हुने एसियन च्याम्पियनसिपमा नेपाली महिला टिमलाई पठाउने निर्णय गरेका हौँ,’ शर्माले भने ।

च्याम्पियनसिपमा कूल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियन्सिपमा आयोजक चीनसहित १० राष्ट्र छनोट भइसकेका छन् । सन् २०१९ मा दक्षिण कोरियामा भएको च्याम्पियनसिपमा शीर्ष दशमा रहेका टिमहरु सिधै छनोट भएका हुन् ।

जसमा चीन चौथो भएको थियो । आयोजकको हिसाबले चीन छनोट भएको हो । चीनको स्थानको एसियाको अर्को उच्च वरियतामा रहेको हङक पनि छनोट भइसकेको छ ।

चीन र हङकङसहित अघिल्लो संस्करणको विजेता जापान, उपविजेता थाइल्याण्डसहित दक्षिण कोरिया कजाखस्थान चाइनिज ताइपेई इरान इन्डोनेसिया अष्ट्रेलिया र भारत सिधै छनोट भएका हुन् ।

गत वर्ष नेपालको महिला टोलीले दुई ठूला सफलता हात पारेका थिए । बंगलादेशमा भएको पहिलो संस्करणको एभिसी महिला सेन्ट्र जोनमा उपाधि जितेको नेपाली महिला टिमले १३औं सागमा रजत जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment