+
+

‘जनताको अदालतभन्दा ठूलो अर्को अदालत छैन’

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २४ गते २०:३६

२४ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम अरुले नसच्याए जनता आफैंले सच्याउने दाबी गरेका छन् ।

शनिबार धनकुटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले अदालतले असंवैधानिक कदमलाई खारेज गरेर संसद पुनस्र्थापना गर्नेमा आफू विश्वस्त रहेको बताए ।

२०४७ सालको संविधानमा भएको संसद विघटनको अधिकार वर्तमान संविधानमा नभएको भन्दै उनले भने, ‘शेरबहादुरजीले गरेको विघटनलाई पनि अदालतले सदर गरेको थियो तर जनताले २०६२/०६३ को आन्दोलनपछि संसद पुनास्र्थापना गरे, त्यसकारण भन्छु जनताको अदालत भन्दा ठूलो अदालत अर्को छैन । यद्यपि सर्वोच्च अदालतप्रति मेरो विश्वास र सम्मान छ ।’

प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा भंग गरेको यादवको भनाइ छ ।

‘जीवन्त पार्टीमा विवाद, मतभेद हुन्छ, फरक विचार भएन भने त पार्टी नै हुँदैन तर त्यसैलाई बहाना बनाएर ओली प्रतिनिधिसभा भंग गर्नुभयो’ उनले प्रश्न गरे, ‘यस्तो गर्न जंगबहादुरको पालामा मात्रै पाइन्थ्यो, के केपी शर्मा ओलीले पनि जंगबहादुर बन्ने सपना देख्नुभएको हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?