Comments Add Comment

आर्सनल एस्टन भिल्लासँग पराजित

२५ माघ, काठमाडौं लण्डन क्लब आर्सनल एस्टन भिल्लासँग पराजित भएको छ । शनिबार भएको खेलमा एस्टल भिल्लाले आर्सनललाई १-० ले पराजित गरेको हो ।

खेल सुरु भएको ७४औं सेकेण्डमै ओली वाटकिन्सले गोल गर्दै एस्टन भिल्लाई अग्रता दिलाएका थिए । त्यसपछि कुनै गोल भएन र त्यही गोल निर्णायक बन्दा एस्टन भिल्लाले ३ अंक जोड्न सफल भयो ।

जितपछि २१ खेलबाट ३५ अंक जोड्दै एस्टन भिल्ला आठौं स्थानमा उक्लिएको छ । आर्सनल २३ खेलबाट ३१ अंकसहित १०औं स्थानमा छ ।

यस्तै लिगकै अन्य खेलमा पाँचौँ स्थानको वेष्टहमले फुलहमसंग गोल रहित बराबरी खेलेको छ ।

बराबरीपछि वेष्टहमले चौथो स्थानमा उक्लने अवसर पनि गुमाएको छ । २३ खेलबाट वेष्टहमको ३९ अंक भएको छ । एक खेल कम खेलेको साविक विजेता लिभरपुल ४० अंकसहित चौथो स्थानमा छ ।

अन्य खेलमा न्युकासलले साउथह्याम्पटनलाई ३-२ ले पराजित गर्दा बर्नली र ब्राइटनले १-१ को बराबरी खेलेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment