Comments Add Comment

टेष्ट क्रिकेटमा १८ वर्षपछि पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

२६ माघ, काठमाडौं । पाकिस्तानले १८ वर्षपछि दक्षिण अफ्रिका विरुद्ध टेष्ट सिरिज जितेको छ । दोस्रो टेष्टमा दक्षिण अफ्रिकालाई ९५ रनले पराजित गर्दै घरेलु टोली पाकिस्तानले दुई खेलको सिरिज क्लिनस्विप गरेको हो । पहिलो टेष्ट पाकिस्तानले ७ विकेटले जितेको थियो ।

पाकिस्तानले सन् २००३ पछि पहिलो पटक दक्षिण अफ्रीकाविरुद्ध टेस्ट सिरिज जितेको हो ।

हसन अलीले उत्कृष्ट बलिङ गरेपछि ३७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी इनिङ्स नाटकीय रुपमा पतन हुँदा २७४ रनमा अलआउट भयो । २४१ रन हुँदा ३ विकेट मात्र गुमाएको दक्षिण अफ्रिकाको इनिङ्स हसन अली र शाहीन शाह अफ्रिदीले ध्वस्त पारे ।

भ्रमणकारी टोली दक्षिण अफ्रिकाले ३३ रनका लागि ७ विकेट गुमाएको थियो ।

१७१-१ को बलियो स्थितीबाट दक्षिण अफ्रिकाले पाँचौ तथा अन्तिम दिनको खेल सुरु गरेको थियो । १०८ रन बनाएर ओपनर एइडेन माक्रम ८२औं ओभरमा आउट भएपछि दक्षिण अफ्रिकाको इनिङ्स लामो समय टिक्न सकेन ।

त्यसपछि टेम्बा डेभुमाले ४८ रन बनाएपनि अन्य खेलाडीले गतिलो साथ दिएनन् ।

पाकिस्तानका हसन अली एक्लैले ५ विकेट लिए भने शाहीन साह अफ्रिदीले ४ विकेट लिए । असन अलीले सिरिजभर १० विकेट लिए ।

यसअघि पाकिस्तानले दोस्रो इनिङ्समा २९८ रन बनाएको थियो ।

रावलपिण्डीमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २७२ रन बनाउदा दक्षिण अफ्रिकाले २०१ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment