+
+

सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्बमात्र खर्च गरिने

अच्युत पुरी अच्युत पुरी
२०७७ माघ २७ गते २०:४३

२७ माघ, काठमाडौं । सरकारले अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाएको छ । चालू आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो ।

६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ । यो कुल बजेटको ९१.१९ प्रतिशत मात्र हो ।

अर्थमन्त्री विष्णु पौडेलका अनुसार यो बजेट निर्वाचन र कोभिड खोपमा हुने खर्च समेत जोडेर हो । यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने उनले जानकारी दिए ।

संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षमा सरकारले राजस्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानबाट ३५ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३५ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?