+
+
Shares

प्रचण्ड–माधव समूहका स्वयं सेवकको मार्चपास

आर्यन धिमाल आर्यन धिमाल
२०७७ माघ २७ गते १६:४१

२७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा गर्न लागेको प्रदर्शनको अघिल्लो दिन मंगलबार मार्चपास गरेको छ ।

प्रदर्शनीमार्गस्थित वाल्मीकी क्याम्पसबाट सुरु भएको मार्चपास पुतलीसडक, बागबजार, पुरानो बसपार्क, भृकुटीमण्डप हुँदै फेरि वाल्मीकी क्याम्पस आएर सकिएको थियो ।

बुधबार हुने बृहत सभालाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले स्वयंसेवकहरुलाई निर्देशन दिएका थिए ।

यो समूहले भोलि हुने सभामा राजधानी उपत्यका र बागमती प्रदेशबाट ठूलो सहभागिता गराउने तयारी गरेको छ । यसबाहेक देशभरबाट प्रतिनिधिमूलक ढंगको सहभागिता गराउँदै संसद् पुनर्स्थापनामा दबाव दिने उद्देश्य लिएको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?