Comments Add Comment

अब बन्ने सरकारले संवैधानिक परिषद्को सबै नियुक्ति खारेज गर्छ : कोइराला

३ फागुन, धरान । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्हरूमा गरेका असंवैधानिक नियुक्तिहरू अब बन्ने सरकारले खारेज गर्ने बताएका छन् ।

धरानमा सोमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘संवैधानिक परिषद्का सबै नियुक्तिहरूलाई अब बन्ने सरकारले पक्कै पनि खारेज गर्नेछ ।’

संविधानले शक्ति सन्तुलनको आधारमा ६ सदस्यीय परिषद्ले मात्रै सिफारिस गर्न सक्ने व्यवस्था गरे पनि ओलीले अध्यादेश ल्याएर परिषदका ३ जना सदस्यकै उपस्थितिमा बैठक गरी नियुक्ति सिफारिस गरेका थिए । परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत ३२ पदमा नियुक्ति सिफारिस गरेको थियो ।

‘संवैधानिक परिषद्ले निष्पक्ष व्यक्तिहरूलाई संवैधानिक निकायमा लैजान्छ भन्ने सोचेका थियौं,’ उनले कार्यक्रममा भने, ‘तर उहाँले यसलाई नेकपाको भर्ती केन्द्रको रुपमा लिएर अगाडि बढीरहनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment