+
+
Shares

झापामा पुरुषमाथि करणी, कानुन नहुँदा छुटे आरोपी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते १५:३६

४ फागुन, विराटनगर । झापामा पुरुषमाथि अप्राकृतिक करणी भएको छ । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि अप्राकृतिक करणी भएको हो । घटनापछि पीडित पुरुष उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल भर्ना भएका छन् । घटना शनिबारको हो ।

करणीमा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई प्रहरीले सामान्य सोधपुछपछि छाडिदियो । अदालतले म्याद थप गर्न नमानेपछि प्रहरीले उनीहरुलाई छाड्नु परेको थियो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार पुरुषमाथि अप्राकृतिक करणी भएको सूचना आएपछि अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय, विर्तामोडबाट टोली गएको थियो । र, अनुसन्धानका लागि दुवैलाई चौकी लगिएको थियो ।

अप्राकृतिक करणीमा १८ वर्ष मुनिका बालकलाई मात्रै कारबाही गर्न मिल्ने कानूनी व्यवस्था मुलुकी अपराध संहितामा छ । यो घटनामा पीडित पुरुष ३० वर्ष पुगेकाले मुद्दा नचलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?