+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भागरथी प्रकरणको अनुसन्धान टोलीलाई स्थानीयले लगाइदिए फूलमाला

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ५ गते १३:२६

५ फागुन, काठमाडौं । भागरथी हत्या प्रकरणको अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीसहितको टोलीलाई स्थानीयवासीले सम्मान गरेका छन् ।

प्रहरी चौकी, खोचलेकमा बसेर दुई सातासम्म निरन्तर अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयले सुवेदीसहित प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु लगायतलाई सम्मान गरेका हुन् ।

सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत हुन् । घटनाको संवेदनशीलतालाई ध्यान दिँदै उनी आफैं अनुसन्धानमा खटिएका थिए ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले प्रकरणको सफल अनुसन्धान भएको खुशी व्यक्त गर्दै स्वतः स्फूर्तरुपमा फूलमालाले सम्मान गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘यो घटनाले नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल छ भन्ने पुनः एकपटक प्रमाणित भएको छ ।’

डीएसपी सुवेदीसहितको टोली अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय, बैतडी आएको छ । बैतडीमा प्रकरणका आरोपी सनातन माविमा अध्ययनरत दिनेश भट्टलाई हिरासतमा राखिएको छ । उनीमाथि अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने तयारी छ ।

दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी सार्वजनिक गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?