Comments Add Comment
राष्ट्रिय महिला लिग फुटबल :

पुलिसले आर्मीलाई बराबरीमा राेक्दा एपीएफ दुई खेलअघि नै च्याम्पियन

फाइल तस्वीर

५ फागुन, काठमाडौं । विभागीय टाेली एपीएफले दुई खेल अगावै राष्ट्रिय महिला लिगकाे उपाधि जितेकाे छ । बुधबार भएकाे पहिलाे खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई बराबरीमा राेकेपछि एपीएफले दुई खेल अघि नै उपाधि पक्का गरेकाे हाे ।

सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा बुधबार भएकाे पहिलाे खेलमा अमृता जैसीले गाेल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् ।

पहिलाे हाफका पुलिसले अग्रता कायम राख्याे । दाेस्राे हाफमा आर्मी खेलमा फर्कियाे । ५३ औं मिनेटमा रश्मि घिसिङले आर्मीकाे लागि बराबरी गाेल फर्काइन् ।

इन्जुरी टाइममा पुलिसले पेनाल्टी पाएकाे थियाे । तर कप्तान घिमकुमारी गुरुङकाे प्रहार पाेष्टमाथिबाट बाहिरिएपछि पुलिस जितबाट वञ्चित भयाे ।

पुलिस र आर्मीबीच यसअघि भएकाे उद्घाटन खेल गाेलरहित बराबरीमा सकिएकाे थियाे ।

बराबरीपछि आर्मीकाे ११ खेलबाट २६ अंक भएकाे छ । १० खेलबाट ३० अंकसहित एपीएफ शीर्ष स्थानमा छ । एपीएफले अब दुवै खेल हारेपनि आर्मीले एपीएफलाई भेट्ने छैन ।

एपीएफले आजै विराटनगरसँग खेल्दैछ । अन्तिप खेलमा एपीएफ र आर्मी भिड्नेछन् ।
पुलिस ११ खेलबाट १५ अंक जाेड्दै चाैथाे स्थानमा छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले पहिलाे पटक महिला फुटबल डबल लिगकाे आधारमा आयाेजना गरेकाे हाे । जसमा तीन विभागीय टाेलीसँगै छनाेट खेलेर आएका चार नगरपालिका टिमले खेलिरहेका छन् ।

नयाँ संरचनामा लिग आयाेजना हुँदा एपीएफले उपाधि जितेकाे हाे । यसअघि प्रदेश टिमहरु सहभागी हुँदा पछिल्लाे दुई संस्करणमा एपीएफले उपाधि जितेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment