Comments Add Comment

बुटवलमा दोस्रो केवुलकार शिलान्यास

९ फागुन, बुटवल । बुटवलमा दोस्रो केवुलकारको शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका–१ (पारी बुटवल) बाट पाल्पाको नुवाकोट डाँडोसम्म चल्ने सिद्धार्थ केवुलकारको अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका हुन् ।

यसअघि फागुन १ गते बुटवलमै लुम्बिनी केवुलकारको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । सिद्धार्थ केवुलकार प्रालिले सञ्चालन गर्ने केवुलकार १८ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।

दुई किलोमिटर लम्बाइको केवुलकार निर्माण गर्न ८० करोड रुपैयाँ लागत अनुमान गरिएको सिद्धार्थ केवुलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए । सिद्धार्थ केवुलकार प्रालिमा बुटवलका होटेल तथा जग्गा व्यवसायी लगायत ५० जनाको लगानी रहेको छ ।

२५ वटा डब्बा रहने केवुलकार बुटवलको देउराली डाँडाबाट नुवाकोटसम्म ८ मिनेटमा पुग्न सकिने अध्यक्ष गुरुङले बताए । सिद्धार्थ केवुलकार प्रालिले २०६८ सालमा केवुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।

केवुलकार सञ्चालनको लागि २०७५ साल साउनमा ३ दशमलव ९८ हेक्टर र २०७६ फागुनमा २ दसमलब ११८ हेक्टर वन क्षेत्र ३० वर्षको लागि प्रालिलाई भोगचलन गर्न मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment