
९ फागुन, काठमाडौं । काठमाडौंको ठमेलबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३ महाराजगञ्जका ४९ वर्षीय सुधिर श्रेष्ठ रहेका छन् ।
उच्च अदालत पाटनले उनीविरुद्ध पुस २९ गते बैंकिङ कसुर मुद्दामा सात दिन कैद र २१ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई ठमेल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले आइतबार नियन्त्रणमा लिएको हो ।
आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै श्रेष्ठले २०७५ साल जेठ ७ गते भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्तानी गर्नका लागि नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक काटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4