Comments Add Comment

उखु किसान र चिनी उद्योगको समस्या अध्ययन गर्न गठित कार्यदलले थाल्यो काम

१० फागुन, काठमाडौं । उखु किसान र चिनी मिलको समस्या समाधन गर्न गठिन प्राविधिक कार्यदलले काम थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मी संयोजकत्वको टोली अहिले किसान र चिनी मिलको समस्या बुझ्न देश दौडाहामा निस्किएको छ ।

सुदुरपश्चिमको कैलाली र कञ्चनपुरबाट सुरु भएको स्थलगत अध्ययन पूर्वी नेपालका उखु किसान तथा चिनी उद्योगसम्म पुगेर सकिने कार्यदलका संयोजक डा.रेग्मीले बताए ।

अध्ययनको पहिलो चरणमा कञ्चनपुर र कैलालीका उखु किसान र चिनी मिलसंग सम्बन्धितहरुको समस्या र गुनासोहरु बुझ्ने प्रयास भएको रेग्मीले बताए । कार्यदलले किसानहरुले उखु खेतीबाट भोगेका समस्या, उखु खेती तथा चिनी मिलहरुबाट हुने ब्यावहारबारे धारणा संकलन गरेको थियो ।

यस्तै चिनी मिलले भोगेका समस्या, उद्योगको भविष्य लगायतका समग्र पक्षसँग रहेर सूचनाहरु संकलन गर्ने कार्य भएको कार्यदलका सदस्य एवं गृह मन्त्रालय उपसचिव प्रेमलाल लामिछानेले जानकारी दिए ।

सुदूरपश्चिमबाट सुरु भएको स्थलगत अध्ययनमा उद्योग, कृषि, अर्थ मन्त्रालयका प्रतिनिधि, किसान प्रतिनिधि तथा चिनी उत्पादक संघ तथा आन्दोलनरत किसानका प्रतिनिधि सहभागी रहेको लामिछानेले बताए । सुदुरपश्चिमको सकिएपछि अध्ययन टोली नवलपरासी हुँदै पूर्वतर्फ लाग्नेछ ।

चिनी उद्योगबाट वर्षौदेखिकोे बक्यौता रकम नपाएको भन्दै किसानहरुले काठमाडौंमा गरेको आन्दोलन टुंग्याउन पुस १३ मा भएको समझदारीमा किसान र उद्योगीको समस्या समाधान गर्न एक प्राविधिक समिति गठन गर्ने समझादरी भएको थियो । समितिलाई बक्यौता भुक्तानी सम्बन्धमा किसान र उद्योगीले गरेको दाबी विवाद यकिन गर्ने, किसानले सरकारले दिएको सर्मथन मूूल्य नपाएको तथा अनुदान रकमको अपचलन भएको सम्बन्धमा तथ्य यकिन गर्ने कार्यदेश दिएको थियो ।

अध्ययन प्रतिवेदन तयार गर्न कार्यदललाई १२० दिनको समय अवधि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment