+

‘बार्सिलोनामा २५० मिलियन युरो लगानी आउँदैछ’

२०७७ फागुन  ११ गते १७:०३ २०७७ फागुन ११ गते १७:०३
‘बार्सिलोनामा २५० मिलियन युरो लगानी आउँदैछ’

११ फागुन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाको अध्यक्ष पदका लागि आगामी मार्चमा निर्वाचन हुँदैछ । अध्यक्ष पदका सबै प्रत्यासी अहिले चुनावी अभियानमा लागेका छन् ।

त्यसैमध्येका एक टोनी फ्रेइक्साले बार्सिलोनामा २५० मिलियन युरोको लगानीकर्ता भित्रिन लागेको बताएका छन् । उनले आफ्नो अभियान त्यसका लागि सहमतिमा पुगेको र यो रकमबाट नयाँ खेलाडी किन्न सकिने बताए ।

‘हामी केही समयदेखि यसबारेमा काम गरिरहेका थियौँ र अब भन्न सक्छौँ कि हामी लगानीकर्तासंग सहमतिमा पुगिसकेका छौँ जसले २५० मिलियन युरो बार्सिलोना कर्पोरेटको लागि सहयोग गर्नेछ । जसमा चार व्यवसायिक लाइन हुनेछन् र उनीहरु ४९ प्रतिशत साझेदार हुनेछन्’ फ्रेइक्साले आरएसी वानसंग भने ।

यद्यपी उनले पहिला यो विषय साधारण सभा हुदै अघि बढ्ने बताए । उनले आउन लागेको लगानी क्लबको आर्थिक अवस्था सुधार गर्नका लागि बलियो कोष बन्ने बताए । यस्तै प्रेइक्साले २०२१/२२ का लागि तीन सुपर स्टार भित्र्याउने तयारी गरेको बताए । ‘दुई जना अट्याकमा र एक जना डिफेन्समा हुनेछन् ।’

फ्रेइक्सालाई ती खेलाडीहरु भित्र्याउँदा प्रशिक्षक रोनाल्ड कोएमनको रोजाईँमा हुन्छन् त भन्ने प्रश्नमा भने, ‘कोएमनले मन नपराउनु असम्भव छ । तिनीहरु उत्कृष्ट खेलाडी हुनेछन् ।’ यस्तै कोएमन उनको सम्झौता अनुसार सन् २०२२ जुनसम्म प्रशिक्षकको रुपमा रहने बताए ।

यस्तै एर्लिन हालान्ड वा किलिएन एमबाप्पेलाई क्याम्प नोउमा देख्न सकिएला भन्ने प्रश्नमा फ्रेइक्साले भने, ‘हामी खेलाडीलाई प्रस्तुत नगरेसम्म खेलाडीको बारेमा कुरा गर्दैनौँ ।’

खेलाडी अनुबन्ध गर्नुअघि नै बोल्नु उचित नहुने भन्दै उनले अरु क्लबले समेत त्यसमा कुरा अघि बढाउन सक्ने बताए । यद्यपि फ्रेइक्साले ती खेलाडी आउने सम्भावनालाई पनि नकारेनन् ।

यस्तै मेसीले बार्सिलोनालाई धेरै दिएको भन्दै उनीसंग क्लबमा निरन्तरता दिने अवसर रहेको पनि फ्रेइक्साले बताए ।

खेलकुद फुटबल बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय