+
+
Shares

किसुनजीको नाममा ‘हाफ म्याराथन’ हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते १७:०३

१२ फागुन, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना गर्ने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक एवं केन्द्रीय सदस्य दीपक गुरुङले चैत्र २२ गते प्रथम किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७७ आयोजना गर्न लागेको जानकारी गराए ।

समग्र नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितालाई भविष्यमा अन्तर्राष्ट्रिय स्तरको यस हाप म्याराथनलाई प्रतियोगिताको रुपमा रुपान्तरित गर्दै जाने र नव खेलाडी उत्पादनलाई समेत जोड्दै जाने संयोजक गुरुङले बताए ।

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले क्रमश: नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै चौथो र पाँचौ स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट ९ लाख रुपैयाँ रहेको छ ।

नव खेलाडीहरु उत्पादन गर्ने उद्धेश्य रहेपनि प्रतियोगितालाई सिनियर प्रतियोगिताको रुपमा संचालन गर्न लागेको हो । यस विषयमा संयोजक गुरुङले पहिलो प्रतियोगिता भएकोले नेपाल लोकतान्त्रिक खेलकुद संघलाई प्रचार प्रसार गर्ने र छोटो समयमानै प्रतियोगिताको व्यवस्थापन गर्न सकिने भएकाले सिनियर प्रतियोगितालाई आयोजना गर्न लागिएको र भविष्यमा जुनियर प्रतियोगितालाई पनि सञ्चालन गर्दै जाने उद्धेश्य रहेको बताए ।

म्याराथन काठमाडौं क्षेत्र नम्बर ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोही स्थानमा आएर समापन हुने कार्यक्रममा जानकारी गराइयो ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचन, केन्द्रीय सचिवद्वय मनिष राम जोशी र बखत बहादुर शाही, केन्द्रीय सदस्य राजु विक्रम थापा, कुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?