
१३ फागुन, काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विद्युतीय स्कुटरमा कार्यालय पुगेकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहीबार उनी प्रदेश सरकारका एक मन्त्रीसँगै आफ्नो सचिवालय पुगेकी हुन् ।
भारतमा पछिल्लो केही सातायता निरन्तर पेट्रेलियम पदार्थको भाउ बढिरहेको छ । भारतको विभिन्न राज्यमा मानिसहरुले इन्धनको मूल्यवृद्धिको निरन्तर विरोध गर्दै आएका छन् ।
भारतको प्रमुख विपक्षी पार्टी कांग्रेसले इन्धनको मूल्यवृद्धिको विरोध गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4