Comments Add Comment

कर्णालीका २६ हजार बढीले लगाए कोरोना खोप

१३ फागुन, सुर्खेत । कर्णाली प्रदेशमा २६ हजार जनाले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बिहीबारसम्म २६ हजार ९९० जनाले कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका हुन् ।

कर्णालीमा माघ १४ गतेदेखि प्रदेशका सबै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन सुरू गरिएको थियो । सुर्खेतमा सबैभन्दा बढी अर्थात् सात हजार ४७५ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार दैलेखका तीन हजार १८४, जाजरकोटका दुई हजार १४, सल्यानका दुई हजार ५४१ र रुकुम पश्चिमका २ हजार ६११ जनाले खोप लगाएका छन् । त्यस्तै जुम्लाका दुई हजार ३८४, कालिकोटका दुई हजार ५६३, हुम्लाका एक हजार ६५८, मुगुका एक हजार ४७८ र डोल्पाका एक हजार ८२ जनाले खोप लगाएका छन् ।

हालसम्म सात हजार ५६१ जनालाई कोरोना संक्रमण भएको कर्णालीमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या शून्य छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेत र जुम्लाबाहेक आठ जिल्ला संक्रमणमुक्त भइसकेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment