Comments Add Comment

मिलनको ह्याट्रिकमा ब्वाइज युनियनको जित

१६ फागुन, काठमाडौं । मिलन लिम्बुको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन क्लबले शहीद स्मारक बी डिभिजन लिगमा जित हात पारेको छ । आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा ब्वाइज युनियनले नयाँ बस्तीलाई ३-० ले पराजित गरेको हो ।

ब्वाइज युनियनका लागि मिलनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरे ।

२१औं मिनेटमा मिलनले पहिलो गोल गर्दे अग्रता दिलाएका थिए । इन्जुरी टाइममा मिलनले व्यक्तिगत दोस्रो गोल गर्दा ब्वाइज युनियनले अग्रता दोब्बर बनायो ।

५७औं मिनेटमा मिलनले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने ब्वाइज युनियन ३-० ले सहजै विजयी भयो ।

जितपछि ८ खेलबाट १४ अंक जोड्दै ब्वाइज युनियन चौथो स्थानमै यथावत छ । शीर्ष स्थानको सातदोबाटो युथ क्लब भन्दा ब्वाइज युनियन ५ अंकले पछि छ । ८ खेलबाटै ११ अंक रहेको नयाँबस्ती पाँचौ स्थानमा छ ।

नयाँबस्तीले ४ खेल जित्दे १२ अंक जोडेपनि अघिल्लो संस्करणमा रेलिगेसन नभएको कारण उसको एक अंक घटाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment