
१७ फागुन, लहान । सिरहा नगरपालिका–१८ इटारीमा स्थानीय २२ वर्षीय अजितकुमार यादवको शंकास्पद मृत्यु भएको छ ।
आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारजनले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका अजितलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति बाटोमै मृत्यु भएको मृतकका भाइ नवीनकुमार यादवले जानकारी दिए ।
आपसी विवादमा मुनेश्वरलगायतका व्यक्तिले निर्घात कुटपिट गरेको र त्यही कारणले मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको मृतकका भाइ नवीनले बताए ।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले कुटपिटका कारण मृत्यु भएको जाहेरी आएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतकको शव परीक्षणको लागि सिरहा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4