+

रुपन्देही सुपरलिगमा जीआर क्रिकेट क्लबकाे जित

२०७७ फागुन  १८ गते १७:३८ २०७७ फागुन १८ गते १७:३८
रुपन्देही सुपरलिगमा जीआर क्रिकेट क्लबकाे जित

१८ फागुन, बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा जीआर क्रिकेट क्लबले जित निकालेको छ । मंगलबार भएको डिभिजन ‘ए’को खेलमा जीआरले देवदह क्रिकेट युनिटलाई ७ विकेटले पराजित गरेको हो ।

टस जितेर ब्याटिङमा आएकोे देवदहले निर्धारित ५० ओभरमा ३१.४ ओभरमा सबै विकेट गुमाएर ११२ रनको योगफल बनायो । उसका लागि विक्की कार्कीले ३२, अर्जुन रायमाझीले २५ र शुभम ढकालले २० रन बनाए । बलिङमा जीआरका नितेश थापाले ८ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, सिद्धान्तराज शाहीले २ तथा धिरज शाही र सौरभ खनालले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जीआरले १९.१ ओभरमा ३ विकेट क्षतिमा ११६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा राजवीर सिंहले नटआउट ४३, संदीप सुनारले २२ र विशाल भुसालले नटआउट १९ रन बनाए । बलिङमा देवदहका दीपक श्रेष्ठ, अर्जुन रायमाझी र सुरज खड्काले समान १–१ विकेट लिए ।

बुधबार डिभिजन ‘ए’ का तिरुपति क्रिकेट क्लब र न्यू होराइजन क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले जानकारी दिए ।

क्रिकेट भैरहवा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय