+
+

फागुन १९ देखि जंगी अड्डामा पृतनापति सम्मेलन हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते १७:५७

१८ फागुन, काठमाडौं । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले फागुन १९ गतेदेखि २१ गतेसम्म पृतनापति सम्मेलन आयोजना गर्ने भएको छ ।

नेपाली सेनाले मंगलबार एक विज्ञप्ति जारी गर्दै फागुन २७ गते हुन गइरहेको महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा जंगी अड्डामा तीन दिवसीय पृतनापति समन्वयात्मक बैठक सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरुबाट आ-आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थितिबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् । साथै जंगी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणको क्षेत्रमा भए/गरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?