
एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरूलाई ‘द होराइजन होटल’ र ‘आगन्तुक रिसोर्ट’, बनेपामा विशेष छुट व्यवस्थासहित समझदारी गरिएको छ।
बैंकद्वारा जारी विज्ञप्ति अनुसार एनएमबीको द होराइजन होटल र आगन्तुक रिसोर्टबीच छुट्टाछुट्टै समझदारी भएको हो। यसअनुसार खाना, पेय पदार्थ, आवास, स्पा सुविधाहरूमा १५ प्रतिशत छुट व्यवस्था गरिएको छ। साथै स्विमिङ, हेल्थ क्लब र बर्थ-डे केकहरूमा १० प्रतिशत छुट भएको विज्ञप्तिमा उल्लेख छ।
सम्झौतापत्रमा एनएमबीका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले छुट्टाछुट्टै हस्ताक्षर गरेका छन्।
अत्याधुनिक बैंकिङ सुबिधाका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबीले ग्राहकलाई यो छुट व्यवस्था गरेको जनाएको छ।
छुट सम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइटमा ‘एनएमबी भिसा कार्ड डिस्काउन्ट’ सेक्सनमा हेर्न सकिने पनि बैंकले जनाएको छ।
प्रतिक्रिया 4