Comments Add Comment

अमेरिकी संसदबाट १९ खर्ब डलरको कोरोना राहत प्याकेज पारित

२७ फागुन, काठमाडौं । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले राष्ट्रपति जो बाइडनले अघि सारेको १९ खर्ब डलरको कोरोना भाइरस (कोभिड–१९) बाट परेको असर न्यूनीकरणका लागि ल्याएको राहत प्याकेजलाई अन्तिम अनुमति दिएको छ । यसअघि नै अमेरिकाको माथिल्लो संसद् सिनेटले यो प्याकेजलाई अनुमति दिएको थियो ।

बुधबार हाउस अफ रिप्रिजिन्टेटिभ्समा यो प्याकेज २२०–२११ मतले पारित भएको हो । यससँगै आगामी शुक्रबार बाइडनले यो प्याकेजमा हस्ताक्षर गर्नेछन् । यो प्रस्ताव पारित भएसँगै बाइडनले यो विधेयक ऐतिहासिक भएको र यो अमेरिकी जनताको ऐतिहासिक जित भएको बताएका छन् । बाइडनले राष्ट्रपति निर्वाचनमा प्रचारको क्रममा कोरोना महामारी अन्त्य गर्ने बताएका थिए । सोही योजनाअनुसार उनले यो कोरोना राहत प्याकेज ल्याएका हुन् । बाइडनले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्नेछन् ।

अहिले संसद्ले पारित गरेको यो विधेयक अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो राहत प्याकेज हो । यो योजनाअनुसार अमेरिकाका करिब १६ करोड मानिसले एक हजार चार सय डलर पाउनेछन् । त्यस्तै अहिले दिइँदै आएको बेरोजगारी भत्ताको समय पनि बढाइएको छ । अमेरिकी अधिकारीहरुले यो योजनाबाट ८० प्रतिशत अमेरिकी नागरिकहरु लाभान्वित हुने बताएका छन् ।

मार्चको अन्तिमबाट मानिसहरुलाई उक्त भुक्तानी दिन सुरु गरिनेछ । विपक्षी रिपब्लिकनले भने अहिले ल्याइएको प्याकेज निकै महँगो हुने भन्दै यसको विरोध गर्दै आएको छ ।

यो प्याकेजमा अमेरिकाका सबै राज्य र स्थानीय सरकारलार्य तीन खर्ब ५० अर्ब डलर छुट्याइएको छ भने विद्यालयहरुलाई एक खर्ब ३० अर्ब डलर छुट्याइएको छ । कोरोनाको परीक्षण र अनुसन्धानको लागि ४९ अर्ब डलर र खोप वितरणको लागि १४ अर्ब डलर वितरण गरिनेछ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment