
पहिलो चलचित्रबाट नै कुनै पनि जोडी हिट हुन र दर्शकको मनमा बस्न सहज छैन । कतिपय जोडीहरुले केही चलचित्रमा काम गरेपनि दर्शकले खासै रुचाएको पाइदैन ।
तर, नायक अनमोल केसी र नायिका सुहाना थापा भने यो कुरामा भाग्यमानी हुन् । किनकी, उनीहरुले पहिलो पटक चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरे । दर्शकले पहिलो चलचित्रबाट नै यो जोडीलाई रुचाए ।
दर्शकले मन पराएको यो जोडी प्रतिक्षामा छ । निर्देशक झरना थापाले यो जोडीलाई चलचित्र ‘ए मेरो हजुर ४’बाट फेरि पर्दामा ल्याउने तयारी गरिरहेकी छिन् । यो चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ ।
चलचित्रको छायांकनका क्रममा भेटिएका अनमोल र सुहाना स्टाइलिस्ट देखिएका छन् । उनीहरुले चलचित्र निकै राम्रो बनेको बताउँदै दर्शकले अब केही महिना प्रतिक्षा गर्न आग्रह गरे । यो चलचित्र भदौको १८ गतेबाट रिलिज हुँदैछ ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4