Comments Add Comment

सफ्टवेयर सोर्स कोड दुरुपयोगको आरोपमा ३ जना पक्राउ

२ चैत, काठमाडौं । सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका– ५ का बिमल केसी, रुपन्देहीको मायादेवी गाउँपालिका–५ का श्यामबहादुर चौधरी र नवलपरासी पूर्वको कावासोती नगरपालिका–७ का शंकर ज्ञवाली रहेका छन् ।

उनीहरु तीनैजना प्रिफेस टेक्नोलोजी प्रालिका सञ्चालक हुन् ।

उनीहरुले नेसनल सफ्टवेयर एन्ड आईटी सलुसन नामक कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेसमा सामान्य परिवर्तनबाहेक हुबहु नक्कल गरी प्रिफेस टेक्नोलोजी कम्पनीमार्फत विभिन्न संघसंस्थालाई बिक्री गरेको पाइएको प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

प्रिफेस टेक्नोलोजीले सोर्स कोड र युजर इन्टरफेसको दुरुपयोग गरेको पाइएकाले ती कम्पनीका सञ्चालकलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि आइतबार पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुमाथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद लिएको छ । कम्पनीका ३ जना सचालक पक्राउ गरे पनि केही सञ्चालक फरार रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment