+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौं भ्युटावरका ठेकदार भेटवाललाई धरौटीमा छाड्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १९:५२
फाइल तस्वीर

२ चैत, काठमाडौं । विशेष अदालतले सार्वजनिक सम्पत्ति हिनामिनामा पक्राउ परेका काठमाडौं भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

साविक रोयल मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा भेटवालसहित बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पक्राउ परेका थिए ।

विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले सोमबार ६ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

भेटवाललाई १० वर्ष कैद सजाय माग

अख्तियारले काठमाडौं भ्यूटावर निर्माण गरिरहेका ठेकेदार भेटवाललाई सार्वजनिक संस्थाको सम्पत्ति बदनियत तथा लापरबाही गरी हिनामिना तथा नोक्सानी गरेको भन्दै मुद्दा दायर गरेको हो । उनीसँग १३ करोड (११ करोड ११ लाख र २ करोड १५ लाख) रुपैयाँ भन्दा बढी बिगो तथा कैद सजाय माग गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ मा कसुर गर्ने राष्ट्रसेवक तथा अन्य कुनै व्यक्तिलाई त्यस्तो कसुर गरे बापत नगदी, जिन्सी वा अन्य कुनै सुविधा तथा लाभ उपलब्ध गराई दिने वा आफूले लिने मतियारलाई कसुर गर्ने व्यक्ति सरह नै सजाय हुनेछ ।

ऐनको दफा ३ को उपदफा (झ) मा एक करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गर्नेलाई आठदेखि दश वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।

आर्थिक घोटालाका माहिर

भेटवालविरुद्ध पहिलो पटक मुद्दा दायर भएको भने होइन । राजस्व अनुसन्धान विभागले जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक भेटवाल, राजुकुमार विष्ट, शिव विष्ट र निशा गुरुङविरुद्ध अवैध हुण्डी कारोबार गरेको अभियोग लागेको थियो । चार करोड ६० लाख ४२ हजार आठ सय ५० रुपैयाँ अवैध कारोबार गरेको अभियोग पत्रमा उल्लेख छ ।

काठमाडौं भ्युटावरमा लगानी गर्ने भनी सिंगापुरमा अवैध रुपमा पैसा संकलन गरी गैरकानुनी बाटोबाट नेपाल पठाएको अभियोग विभागको दाबी छ ।

प्रभु बैंक, र एनआईसी एसिया बैंकले पनि उनलाई कालो सूचिमा राखीसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?