+

त्रिदेशीय फुटबलमा नेपालको खेल चैत १२ र १४ गते

२०७७ चैत  ३ गते १६:२२ २०७७ चैत ३ गते १६:२२
त्रिदेशीय फुटबलमा नेपालको खेल चैत १२ र १४ गते

३ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत १० देखि १९ गतेसम्म दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेल चैत १० गते बंगलादेश र कीर्गिस्तानबीच हुनेछ । घरेलु टोली नेपालले भने चैत १२ गते कीर्गिस्तानसँग खेल्नेछ ।

त्यसपछि चैत १४ गते बंगलादेशसँग खेल्नेछ । लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि मार्च २९ अर्थात चैत १६ गते खेल्नेछन् ।

एन्फा खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय