+
+
Shares

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १७:४०

५ चैत, काठमाडौं । बैंकिङ कसूर मुद्दाका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–६ घर भई ललितपुरको सुनाकठी बस्ने ६३ वर्षीय महेन्द्रनारायण श्रेष्ठ र काठमाडौंको बुढानीलकण्ठ बस्ने ५८ वर्षीय लाक्पा लामालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितहरुलाई झुक्याएर नेपाल बैंक लिमिटेड र एनआईसी एशिया बैंकका विभिन्न चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये श्रेष्ठलाई उच्च अदालत पाटनको गत माघ ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र २० लाख रुपैयाँ जरिवाना तथा लामालाई उच्च अदालत पाटनको गत माघ ५ गतेको फैसलाले बैंकिङ कसूरमा ४ दिन कैद र १० लाख ४५ हजार रुपैयाँ जरिवाना तोकेकोमा उनीहरु फरार रहेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको टोलीले श्रेष्ठलाई बुधबार ललितपुर र लामालाई बिहीबार काठमाडौं बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?