Comments Add Comment

मासा युनाइटेडको लगातार दोस्रो जित

७ चैत, काठमाडौं । अनिता केसीको दुई गोल मद्दतमा मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ ।
शनिबार भएको खेलमा नेपाली राष्ट्रिय टिमका चार खेलाडी सम्मिलित मासाले हराएर एजुकेसन कमिसनलाई ४–० गोलले सहजै पराजित गरेको हो ।

मासाको लगातार दोस्रो जितमा अनिता केसीले दुई गोल गर्दा अर्का नेपाली खेलाडी सरु लिम्बुले एक गोल गरिन् । नेपाली राष्ट्रिय टोलीका गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा मासाले च्याम्पियनसिप खेलिरहेको छ ।

मासाले अनिता केसीको गोलमा पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो भने दोस्रो हाफमा तीन गोल गरेको थियो ।

अनिताले खेलको छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । ५८औं मिनेटमा सामरोज सामरिनाले गोल गर्दै मासाको अग्रता दोब्बर पारिन् । अनिताले ७८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् भने सरुले ८३औं मिनेटमा गोल गरेपछि मासाले सहजै जित हात पारेको हो ।

यसअघि मासा युनाइटेडले पहिलो खेलमा सियालकोट सिटीलाई १९–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । जसमा सरु एक्लैले १० गोल गरेकी थिइन् भने अनिताले ६ गोल गरेकी थिइन् ।

अनिता, सरु र एन्जिलासँगै नेपालकी गीता रानाले मासाबाट खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment