+
+

सुनको भाउ ५०० रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ८ गते ११:४०

८ चैत, काठमाडौं । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ । चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ ।

शुक्रबार १२७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १२८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?