+
+
Shares

‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि काठमाडौंमा अडिसन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ९ गते ११:३९

साउथ चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि काठमाण्डौमा अडिसन सम्पन्न भएको छ । अडिसनमा सय भन्दा बढी यूवायूवती सहभागी भएको निर्माणपक्षले जानकारी दिएको छ । काठमाण्डौमा भएको अडिसनबाट चलचित्रका मुख्य कलाकार छनोट गरी वर्कशप सुरु गर्ने निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् ।

कुनै विदेशी चलचित्रको अधिकार नै लिएर बन्न लागेको पहिलो चलचित्रका लागि यूवायूवतीहरुमा उत्साह देखिएको छ । यूवा फिल्मस्ले बनाउन लागेको चलचित्रको छायांकन चाडै नै सुरु गर्ने बताइएको छ । उसो त, यो चलचित्रमा नायक हरिहर अधिकारी र आर्यन सिग्देलले काम गर्न लागेको चर्चा नचलेको होइन । तर, दुबै जना चलचित्रमा अटाएनन् । निर्माणपक्षले भने अडिसनबाट नै कलाकार छनोट प्रक्रिया अगाडि बढायो ।

बलिउडमा ‘कबिर सिंह’को नामबाट समेत चलचित्रको रिमेक बनिसकेको छ । ‘अर्जुन रेड्डी र कविर सिंह’ दुबैले बक्स अफिसमा सफलता पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?