+
+
Shares

विभिन्‍न लागूऔषधसहित सप्तरीबाट एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १० गते १५:१४

१० चैत, जनकपुरधाम । सशस्त्र प्रहरीले सप्तरीबाट बिभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट लागूऔषध लिएर पैदल आउँदै गरेका जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ११ निवासी २२ वर्षीय राजु सरदारलाई पक्राउ गरिएको हो ।

तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तिलाठीबाट मंगलबार दिउँसो पक्राउ परेका सरदारको साथबाट फेनारगन २ एमएमलको ३५ थान, डाइजेपाम २ एमएलको ३५ थान र लिजेसिक २ एमएलको ३५ थान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका सरदारलाई अन्य अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?