+
+

भारतमा ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए नेपाली नागरिकता

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १२:२२
Photo Credit : सटेन्द्र जबेगु

१२ चैत, काठमाडौँ । भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् ।

उनलाई सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई  र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुएँलले नागरिकता प्रदान गरे ।  दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि सहजीकरण गरिदिएको थियो।

‘हामीलाई माइ नगरपालिका र त्‍यहाँका जनप्रतिनिधिले पहल गरेपछि हामीले पनि दुर्गाप्रसादलाई नागरिकता दिएका हौं ।’  सहायक सिडिओ  चापागाईले अनलाइनखबरसँग भने ।

योसँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणिकरण प्रमाणपत्र पनि बनाइएको छ । उच्च अदालत कोलकाताले तिम्सिनको परिवारले क्षतिपूर्ति मागे दिनू भनी आदेश दिए लगत्तै प्रक्रिया सुरु गर्न नाता प्रमाणिकरण गरिएको भाइ प्रकाशचन्द्रले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?