Comments Add Comment

नेपालले किनेको १० लाख डोज कोरोना खोप अप्रिल पहिलो साता आउने

नेपाल ल्याइएको कोरोना खोप

१२ चैत, काठमाडौं । भारत सरकारले कोरोना खोप विदेश निर्यात गरिसके पनि नेपालले खरिद गरेको थप १० लाख डोज खोपलाई भने असर नपर्ने भएको छ ।

नेपालले भारतको सेरम इन्ष्टिच्युटलाई पैसा तिरिसकेको १० लाख डोज खोप ल्याउन बाँकी छ । उक्त खोप अप्रिल महिनाको पहिलो सातासम्म आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले बताएका छन् । पछिल्लो छलफलमा सेरम इन्ष्टिच्युटले अप्रिलको पहिलो सातासम्म खोप पठाउने जानकारी दिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

‘हामीले खरिद गरेको खोप पठाउन ढिलो गरेपछि हामीले निरन्तर फलोअप गरेका थियौ’  स्वास्थ्य मन्त्रालयका ती अधिकारीले भने, ‘उनीहरुले खोप अप्रिलको पहिलो साताभित्रमा पठाउने बताएका छन् ।’

गत ५ फागुनमा नेपालले भारतको सेरम इन्ष्टिच्युटसँग प्रतिडोज ४ डलरको दरमा अग्रिम भुक्तानी गरी २० लाख डोज खोप खरिद सम्झौता गरेको थियो । त्यसमध्ये १० लाख डोज केही दिनमै नेपाल आइपुग्यो भने बाँकी १० डोज चैत ४ गतेसम्म पठाउने सहमति थियो ।

तर सहमतिअनुसार चैत ४ मा खोप नआएपछि नेपालले खोप अभियान नै स्थगित गरेको छ ।

भारतमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएकाले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । तर, नेपालले अगाडि नै रकम भुक्तानी गरिसकेकाले १० लाख डोज खोप आउने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

चीन सरकारले दिएको सिनोफार्म कम्पनीको ८ लाख डोज खोप यही सोमबार नेपाल आइपुग्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment