+
+
Shares

भारततर्फ लैजाँदै गरेको १८ किलो गाँजा प्रहरीद्वारा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १३ गते १७:००

१३ चैत, सप्तरी । नेपालबाट भारततर्फ लैजादै गरेका अवस्थमा सप्तरीबाट १८ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर २ स्थित बलान खोलाबाट गाँजा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीका प्रहरी निरीक्षक लालबहादुर खड्का नेतृत्वको गस्ती टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरु गाँजा फालेर फरार भएका छन् ।

फरार भएकाहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?