+

प्रथम चुली कप भलिबलको उपाधि आयोजक क्लबलाई

२०७७ चैत  १४ गते १८:१६ २०७७ चैत १४ गते १८:१६
प्रथम चुली कप भलिबलको उपाधि आयोजक क्लबलाई

१४ चैत, सुर्खेत । वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक चुली युवा क्लबले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा चुलीले पाहुना टोली रुकुम पश्चिमलाई हराउँदै ‘प्रथम चुली कप-२०७७’ को उपाधि उचालेको हो । फाइनलमा चुलीले रुकुम पश्चिमलाई सोझो तीन सेटमा हरायो । उपाधि जितेपछि चुलीले दुई लाख रुपैयाँ नगद र ट्रफी हात पारेको आयोजक संस्था चुली युवा क्लबका अध्यक्ष महेश जीसीले जानकारी दिए ।

उपविजेता बनेको रुकुम पश्चिमले एक लाख ५० हजार नगद र ट्रफी हात पार्‍यो भने तेस्रो स्थान प्राप्त गरेको हाम्रो कम्प्युटर सुर्खेतले एक लाख रुपैयाँ नगद प्राप्त गरेको छ ।
यस्तै प्रतियोगितामा चौथो बनेको बनगाड कुपिण्डे युवा क्लबले ५० हजारसहित ट्रफी प्राप्त गर्‍यो ।

 

भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय